१० डाउनिङ स्ट्रिट भोजः विवादमा बोरिस जोनसन

डिसी नेपाल
१८ माघ २०७८ ७:१०

लन्डन। सरकारले नै बनाएको कोभिड लकडाउन नियम पालना नगरेको र प्रधानमन्त्री कार्यलय १० डाउनिङ स्ट्रिटमा भोज आयोजना गरेका विषयलाई लिएर बेलायती प्रधानमन्त्री बोरिस जोनसन हिले समस्यामा परेका छन् । सो विषयमा छानविन गर्न गठित समितिले १०डाउनिङ स्ट्रिटमा पार्टी आयोजना गर्न दिनु नेतृत्वको कम्जोरी भएको निश्कर्ष निकालेको छ।

पार्टीबारे छानविन गर्न वरिष्ठ सरकारी कर्मचारी सुसन ग्रेको नेतृत्वमा समिति गठन भएको थियो। लामो पर्खाइपछि सार्वजनिक भएको समितिको अध्ययनमा ग्रेले कतिपय कार्यक्रम आयोजना नहुनु पर्ने बताएकी छिन्। १० डाउनिङ स्ट्रिटमा भएका भोजहरुबारे संसदलाई झुट विवरण दिएको आरोप प्रधानमन्त्रीमाथि लाग्दै आएको छ।

कोभिड नियम उल्लंघन गरी प्रधानमन्त्री निवासमा आयोजना भएका भोजहरुलाई लिएर विपक्षीले राजीनामा माग गरिरहेका बेला उनकै पार्टी कन्जरभेटिभभित्र पनि विद्रोह सुरु भएको छ। बेलायती सञ्चार माध्यमहरुमा सार्वजनिक भएका विवरण अनुसार सन् २०२० को मेदेखि डाउनिङ स्ट्रिटमा १७ पटकसम्म जमघट भएका छन्।

सन् २०२० को स्प्रिङमा पहिलो कोभिड लकडाउनको समयमा जोनसले डाउनिङ स्ट्रिटमा पिउने कार्यक्रम आयोजन गरेका थिए। सामाजिक दूरी कायम गरि आयोजना गरिएको सो कार्यक्रममा १०० जनलाई निम्तो गरिएको थियो।

सहभागीले आफ्ना लागि आफै मदिरा ल्याएको विवरण सार्वजनिक भएको थियो। त्यसैेबेला सरकारले मानिसहरुलाई बिना कारण घरबाट निस्कन प्रतिबन्ध लगाएको थियो।
डाउनिङ स्ट्रिट पार्टीमा करिव ३० जना सहभागी भएका थिए । पार्टी आयोजना गरेको क्षेत्र सार्वजनिक क्षेत्रभित्र नपर्ने वकिलहरुले बताउदै आएका छन्।

कानुनले एउटै घरपरिबारकाबाहेक सार्वजनिक स्थानमा दुई जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो।

सोही वर्षको मे महिनामा सार्वजनिक भएको अर्को एक जमघटमा प्रधानमन्त्री जोनसन र उनका कर्मचारीहरुले डाउनिङ स्ट्रिटमा रक्सीको बोटल समातेको देखिएको थियो । तर सो जमघट कामसँग सम्बन्धित भएको प्रधानमन्त्रीले दाबी गरेका थिए । सन् २०२० को अन्ततिर र सन् २०२१ को अप्रिलमा कोभिड नियम उल्लंघन गरेर आयोजन गरिएका धेरै भोजमा प्रधानमन्त्री सहभागी भएका थिए।

त्यस्तै, राजकुमार फिलिपको अन्त्यष्टिको अघिल्लो रात पनि प्रधानमन्त्रीका कर्मचारीहरु संलग्न रहेका दुई पार्टी आयोजना भएका थिए। त्यतिबेला सरकारले घरभित्र आयोजना हुने जमघट र भिडभाडमाथि रोक लगाएको थियो। जोनसन पार्टीमा सहभागी नभए पनि सो विवरण सार्वजनिक भएपछि प्रधानमन्त्रीको कार्यलयले महारानी समक्ष क्षमा याचना गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *