पाकिस्तान आएर प्रधानमन्त्री बन्ने भनिएका नवाज शरीफलाई लण्डन छोड्न दिइएन
काठमाडौं। पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफको स्वास्थ्यसँग सम्बन्धित पछिल्लो रिपोर्ट लाहोर हाइकोर्टमा बुझाइएको छ । यो रिपोर्टका अनुसार नवाज अहिले गम्भीर मानसिक तनावमा छन् र बिना उपचार बेलायत छोड्नु खतरनाक हुन सक्छ । यो मेडिकल रिपोर्ट नवाज शरीफका फिजिसियन डा. फय्याज शाउलले लेखेका हुन् । मंगलबार उनका वकिल अमजद परवेजले यो रिपोर्ट लाहोर हाइकोर्टमा बुझाए ।
पछिल्लो समय पाकिस्तानमा पुनः नवाज शरीफ प्रधानमन्त्री बन्ने लगभग तय भएको रिपोर्ट प्रकाशित भएको थियो । रिपोर्टमा अनुसार नवाज पाकिस्तान फर्कने र केही समय जेल बसेर पुनः प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको थियो । भ्रष्टाचारको आरोप लागेका नवाज फर्किएर केही समय सजाय काट्ने त्यसपछि सेना र अदालतले उनको केस बन्द गर्ने अनि निर्वाचनपछि नवाज प्रधानमन्त्री बन्ने तय भएको उक्त रिपोर्टमा दावी गरिएको थियो । पाकिस्तानमा सरकार गठन र विघटनमा सेनाको महत्वपूर्ण हात हुने गरेको छ ।
अहिले अदालतमा पेश गरिएको रिपोर्टमा भने अहिलेको समयमा कोरोना महामारीका कारण जस्तो अवस्था छ यसलाई मध्यनजर गर्दै उनका लागि एयरपोर्ट समेत अन्य सार्वजनिक स्थानहरुमा जानु खतरनाक हुन सक्छ र उनले यसबाट बच्नुपर्छ भनिएको छ । मेडिकल रिपोर्टमा नवाज शरीफले आफ्नो एन्जियोग्राफी पूरा हुँदा सम्म अस्पतालबाट जान नहुने बताइएको छ । लाहोर हाइकोर्टमा यो रिपोर्ट यस्तो समयमा बुझाइएको छ जतिबेला नवाज शरीफविरुद्ध कानुनी कारवाहीको घोषणा गरिएको छ ।
पाकिस्तानका केन्द्रीय मन्त्री फवाद चौधरीले पनि यस सम्बन्धमा बयान जारी गरेका छन् । फवाद चौधरीका अनुसार नवाज शरीफ लण्डनमा मेडिकल उपचार गराउनुको सट्टा राजनीतिक गतिविधिमा व्यस्त छन् । लाहोर हाइकोर्टमा जुन रिपोर्ट पेश गरिएको छ त्यसमा उनका फिजिशियनले उनलाई यात्रा नगर्न भनेका छन् । यसअघि फवाद चौधरीले आत्म निर्वासनमा रहिरहेका पूर्व प्रधानमन्त्री शरीफ आफैं नआए सरकारले उनलाई ल्याउने बताए ।







डिसी नेपाल







Facebook Comment