रुसी राष्ट्रपतिले अमेरिकामाथि लगाए गम्भीर आरोप
काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । विगत केहअी हप्तायता युक्रेन विवाद अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा छ । अमेरिका, बेलायत समेत कैयौं युरोपेली देशले रुसलाई युक्रेनमाथि आक्रमणको विषयमा चेतावनी दिइसकेका छन् । रुसले भने सुरुवातदेखि यी आरोपको खण्डन गर्र्दै आइरहेको छ ।
यी सबका बीच रुसी राष्ट्रपति पुटिनले आफ्नो पहिलो र निकै महत्वपूर्ण टिप्पणीमा अमेरिकाको उद्देश्य रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने भएको र यसका लागि उसले टकरावको फाइदा उठाइरहेको आरोप लगाएका छन् । उनले अमेरिकाले युरोपमा नेटोका सम्बन्धमा रुसका चिन्तालाई बेवास्ता गरेको समेत आरोप लगाएका छन् ।
युक्रेनको सीमामा एक लाखजति रुसी सैनिक तैनाथ छन् र यही कारण युद्धको आशंका कायमै छ । यी सैनिकहरुसँग हरेक किसिमका युद्धक ट्यांक, गोला बारुद पनि छ । यस बीचमा युरोपेली देश र अमेरिका लगातार युक्रेनलाई आफ्नो समर्थन दिइरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जोलोन्स्कीले आफ्नो समर्थनमा आएका युरोपेली देशको प्रशंशा गरेका छन् ।
यही बीच युक्रेन संकटका विषयमा शीर्ष अमेरिकी र रुसी अधिकारी नयाँ तरिकाले वार्ता गर्दैछन् । रुसको सेनाको युक्रेनसँग तुलना गर्ने हो भने रुस धेरै अगाडि छ । रुससँग करिब ९ लाख सक्रिय सैनिक छन् भने युक्रेनसँग केवल २ लाख छन् । रुसी राष्ट्रपति पुटिनले अमेरिका युक्रेनको सुरक्षालाई लिएर चिन्तित नभएको आरोप लगाएका छन् । उनले भनेका छन् ‘अमेरिकाको उद्देश्य रुसको विकासलाई रोक्नु हो र यो लक्ष्य हासिल गर्न युक्रेन केवल एक साधन हो ।’







डिसी नेपाल







Facebook Comment