झापाबाट ब्राउन सुगरसहित युवक पक्राउ

डिसी नेपाल
१९ माघ २०७८ १२:५८

झापा। प्रहरीले झापाबाट लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका–५ को पञ्चकन्या चोकबाट २४ वर्षीय सुनिल लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट नयाँ बस पार्कबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ लिम्बूको साथबाट ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र दुई थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार  इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर लिम्बूविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले अनुसन्धानका लागि बुधबार जिल्ला अदातल झापाबाट म्याद थप अनुमति पनि पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *