मरेका मान्छेको अन्तिम संस्कारमा समेत यौनको व्यापार !

डिसी नेपाल
१९ माघ २०७८ १२:५४
2.4k
Shares

काठमाडौं। रुसको एक अन्तिम संस्कार सेवा दिने कम्पनीको विज्ञापनका कारण विवाद भएको छ । कम्पनीको एक विज्ञापनमा कफिनको साथमा बिकिनी लगाएका कैयौं मोडलहरुलाई देखाइएको छ । केही मोडलहरु कफिनमाथि सुतेका देखिएका छन् । विज्ञापनमा केही मोडलहरुलाई नग्न पनि देखाइएको छ ।

यो विज्ञापन सामाजिक संजालमा भाइरल भएपछि युजरहरुले मस्कोस्थित होरोनिम अण्डरटेकर्स कम्पनीलाई ट्रोल गर्न थालेका छन् । कम्पनीले हालै इन्स्टाग्राम र टिकटकमा ४२ सेकेण्डको विज्ञापनको भिडियो शेयर गरेको थियो । कैयौं युजरहरुले यो विज्ञापन देखेपछि कम्पनीसाग सोधेका छन् ‘के शोकमा पनि सेक्स बिक्छ ?’

भिडियोमा बिकिनी लगाएका कैयौं मोडल कफिनसँग उभिएर पोज दिइरहेका देखिएका छन् । मोडलहरु कफिनमाथि आपत्तिजनक अवस्थामा सुतिरहेका पनि देखिएका छन् । न्यूयोर्क पोस्टमा प्रकाशित रिपोर्टका अनुसार यो विज्ञापनको माध्यमबाट कम्पनीले आफ्नो अन्तिम संस्कार सेवाको प्रचार प्रसार गरिरहेको थियो ।

विज्ञापनको भिडियो क्रमशः २१ र २२ जनवरीमा पोस्ट गरिएपछि टिकटक र इन्स्टाग्राममा हजारौं पटक हेरिएको छ । विज्ञापनको माध्यमबाट कम्पनीले आफूसँग प्रशिक्षित एजेन्टहरु भएको र उनीहरुले अन्तिम संस्कारको सबै प्रक्रिया पूरा गरिदिने बताएको छ । यो विज्ञापनको भिडियो भाइरल भएपछि सामाजिक संजालमा कम्पनीको निकै आलोचना भइरहेको छ ।

एक युजरले कमेन्ट गर्दै कम्पनीवालाहरुको दिमाग खराब भएको लेखेका छन् । अर्का उक युजरले मानिसहरुले आफ्नो सीमा बिर्सिएको लेखेका छन् । अर्का एक युजरले लेखेका छन् ‘यस्तो दुःखको समय र निजी पलको विज्ञापनको लागि हामीलाई नग्न महिलाहरुको के आवश्यकता छ ?’ अधिकांश युजरहरुले यसलाई आपत्तिजनक विज्ञापन भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *