आरोपीले पीडितसँग बिहे गरेपछि यौन शोषणको मुद्दा फिर्ता

डिसी नेपाल
१९ माघ २०७८ १४:३६
2.2k
Shares

काठमाडौं। एक महिला शिक्षिकामाथि चलिरहेको यौन उत्पीडनको केस अभियोजकले फिर्ता लिएका छन् । शिक्षिकामाथि आफ्ना विद्यार्थीसँग शारीरिक सम्बन्ध राखेको आरोप लागेको थियो । तर, अब ती शिक्षिकाले तिनै पीडित विद्यार्थीसँग बिहे गरेपछि उनीविरुद्ध चलिरहेको यौन शोषणको केस फिर्ता लिइएको हो ।

द जोप्लिन ग्लोबका अनुसार अमेरिकाको मिसौरीकी २६ वर्षकी शिक्षिका बेली टर्नरमाथि एक विद्यार्थीको यौन शोषण गरेको आरोप लागेको थियो । कथित रुपमा बेली टर्नरले आफूले जनवरी २०१९ मा आफ्नो घरमा एक विद्यार्थीसँग शारीरिक सम्बन्ध राखेको पुलिसको अगाडि स्वीकार समेत गरेकी थिइन् । यो कुरा सार्वजनिक भएपछि बेलीलाई गिरफ्तार गरियो र उनीविरुद्ध केस चलाइयो । फेब्रुअरी २०१९ मा गिरफ्तार भएपछि बेलीले स्कुलबाट राजीनामा दिइन् । उनको अध्यापन अनुमति पत्र पनि खारेज गरियो ।

अहिले भने उनीविरुद्ध चलिरहेको यौन शोषणको मुद्दा फिर्ता भएको छ । रिपोर्टका अनुसार बेलीले पीडित विद्यार्थीसँग हालै बिहे गरेपछि अभियोजकहरुले उनीमाथि लागेको यौन शोषणको केस फिर्ता लिएका हुन् । उनीहरुको बिहे भइसकेपछि यो कुरा पति पत्नीको विशेषधिकारभित्र पर्ने र यो केस अगाडि बढाउन कठिनाइ हुने हुँदा यो केस फिर्ता लिइएको एक सहायक अभियोजक नेट डेलीले बताएका छन् । उनीहरुले बिहे कहिले गरे भन्ने स्पष्ट छैन तर अदालतका दस्तावेजमा कथित पीडित विद्यार्थीको उमेर कम पनि भनिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *