खोटाङमा ट्रयाक्टर दुर्घटना, बालकको मृत्यु

डिसी नेपाल
१९ माघ २०७८ १४:४५

खोटाङ। ट्रयाक्टर  दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा बुधबार सोही ठाउँका १३ वर्षीय वर्षीय रोशन विकको मृत्यु भएको हो ।

भदौरेमा व्यक्तिकाे घरमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडक किनारामा कोल्टे परेर ट्याक्टर पल्टिँदा सोही ट्याक्टरबाट खसेका बालकको किचिएर मृत्यु भएको हो । पल्टिएको ट्रयाक्टरबाट जमिनमा खस्ने बित्तिकै चक्काले किचेका बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए । मृतक बालक सोही ट्रयाक्टरमा मजदुरी (लोडअनलोड)को गर्दैआएका थिए । ट्रयाक्टर चालक रावाबेँसी गाउँपालिका-३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको अब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिदैछ । घटको विषयमा थप अनुसन्धान सुरू गरिएको प्रहरी निरीक्षक शाहले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *