एकैदिन ८ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाए

डिसी नेपाल
१९ माघ २०७८ १६:३६

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ५८२ जनामा परीक्षण गर्दा ३ हजार ६३७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४९९ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार २०५ जनामा र ५ हजार ८३ जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९१ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७६४ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६९ हजार २९१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *