३ हजार चिनियाँ नागरिकको सुरक्षाको लागि ११ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन

डिसी नेपाल
१९ माघ २०७८ १६:४३

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खान भोलि फेब्रुअरी ३ मा चीन भ्रमणमा जाँदैछन् । इमरान खानको यो भ्रमणमा चीनबाट ३ अर्ब डलर ऋण पाउनु र चाइना पाकिस्तान इकोनोमिक कोरिडोर (सीपीइसी) को काम अगाडि बढाउने मुख्य एजेण्डा हुन् । सीपीइसीको काम करिब २ वर्षदेखि बन्द छ । यसबाट चीन असन्तुष्ट छ किनकि चीनले यो परियोजनामा १६ अर्ब डलर लगानी गरिसकेको छ ।

गत वर्ष दासु ड्याम प्रोजेक्टमा काम गर्ने ९ जना चिनियाँ इन्जिनियरको आतंकवादीले हत्या गरिदिएका थिए । यही कारण चीन भ्रमणमा जानुअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सीपीइसीमा काम गर्ने ३ हजार ३५५ चिनियाँ नागरिकको सुरक्षाको लागि उनीहरुको संख्याभन्दा झण्डै ४ गुणा बढी ११ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेका छन् ।

चिनियाँ नागरिकको सुरक्षाको व्यवस्था गर्न इमरान खानले पंजाब प्रान्त सरकारलाई निर्देशन दिएका छन् । पंजाबमा इमरानको पार्टी पीटीआयकै सरकार छ र उस्मान बुजदार यहाँका मुख्यमन्त्री हुन् । जानकारीका अनुसार चिनियाँहरुको सुरक्षाको लागि विशेष युनिट बनाइएको छ । यसमा सबैभन्दा धेरै सैनिक हुनेछन् । यसका अलावा रेन्जर्स र स्पेसल प्रोटेक्सन युनिटका सुरक्षाकर्मी पनि तैनाथ हुनेछन् । यसका अलावा इन्टेलिजेन्स युनिटलाई पनि यी चिनियाँहरुको सुरक्षाको जिम्मा दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *