७१ वर्षीय मान्ते शाहीकी श्रीमतीको उपचारका लागि आर्थिक सहयोग

डिसी नेपाल
१९ माघ २०७८ १८:३३

मुगु । मुगुको सोरु गाउँपालिका ४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीकी श्रीमती हाँसु शाहीको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

कर्म थलो स्पेनमा गरेका मुगुका छायानाथ रारा नगरपालिका १३ का समाजसेवी अक्कल बोहराले आर्थिक अवस्था न्यून भएका मान्ते शाहीकी श्रीमतीलाई उपचार खर्च गर्न नगद सात हजार रुपैयाँ सहयोग गरेका हुन् ।

समाजसेवी बोहराले काठमाडौंको पाटन अस्पताल पुगेर उनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । ‘मुगुबाट राजधानी आएर उपचारका लागि काठमाडौंमा आर्थिक अभावले हाँसु छटपटाइरहेको थाहा थिएन । विभिन्न सञ्चार माध्यममा समाचार देखेपछि सोही बमोजिम सहयोग गरेको हुँ,’  उनले भने । उनले आफूले सात हजर नजर सहयोग गरेको बताएका छन् ।

उनले उपचारका लागि आफूले थप सहयोग गर्नेसमेत बताएका छन् । हाँसुको उपचारका लागि नेपाली कांग्रेस मुगुका वर्तमान पार्टी सभापति ऐनबहादुर शाही र निवर्तमान पार्टी सभापति खड्गबहादुर शाहीले भेटेर सहयोग गर्ने आश्वासन दिएका छन् ।

६७ वर्षीय उनकी हाँसु विगत पाँच वर्षदेखि दम रोगले थला परेकी थिइन् । उनको उपचारका लागि ऋण सापट र वृद्धभत्ता जम्मा गरेर ७१ मान्ते काठमाडौं आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *