कांग्रेसका वडा सभापति हातहतियार खरखजनामा पक्राउ

डिसी नेपाल
२० माघ २०७८ ८:१४

सोलुखुम्बु। नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका-७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *