रुसका लागि युक्रेन किन यति महत्वपूर्ण छ ? यी हुन् तीन प्रमुख कारण
काठमाडौं। रुसले युक्रेनको सीमामा आफ्ना करिब १ लाख सैनिक तैनाथ गरेपछि रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने पश्चिमी देशहरुले आशंका गरेका छन् । अमेरिकाले रुसको सम्भावित आक्रमणलाई ध्यानमा राख्दै आफ्ना ८ हजार ५ सय सैनिक हाइअलर्टमा राखेको छ र करिब २ हजार सैनिक जर्मनी र पोल्याण्ड पठाउने निर्णय गरिसकेको छ । रुसले भने अहिलेसम्म युक्रेनमा कुनै आक्रमणको योजना नभएको बताउँदै आएको छ तर युक्रेनको सीमामा उसका १ लाख सैनिक छन् ।
रुसले नेटोलाई आफ्ना मागको सूची समेत पठाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोमाथि क्षेत्रीय सुरक्षालाई बेवास्ता गरेको आरोप लगाउँदै नेटोसँग युक्रेनसहित पूर्व सोभियत संघका देशहरुलाई सदस्यता नदिन माग गरेको छ । रुस यस्तो यसकारण चाहन्छ ताकि सोभियत संघ विघटनपछि त्यो गठबन्धनका देशमा सैनिक र उनीहरुले पाउने हतियारको हद तय हुन सकोस् । यसका साथै उसले पूर्वी युरोपका देशहरुमा १९९७ पछि स्थापित आधारभूत संरचना पनि हटाउन माग गरेको छ ।
इन्टरनेशनल फरेन्साइट एण्ड एनालिसिस फर्म जियोपोलिटिकल फ्युचर्सका संस्थापक जर्ज फाइडम्यान रुसको मागबारे भन्छन् ‘वास्तवमा उनीहरु ठिक त्यस्तै चाहन्छन् जस्तो शीतयुद्धको समयमा पूर्वी युरोपका सीमा थिए ।’ युद्धको आशंकामा ८ हजार ५ सय सैनिक हाइअलर्टमा राखेको अमेरिकाले ब्ल्याक सीमा आफ्ना युद्धपोत पठाएको छ । अमेरिकाले युक्रेनको राजधानी किभबाट आफ्ना कूटनीतिज्ञ र उनीहरुका परिवारलाई पनि बाहिर निस्किन निर्देशन दिएको छ ।
यसको विपरित युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले भने पश्चिमी देशहरुलाई युद्धका विषयमा त्रास नफैलाउन अपिल गरेका छन् । उनले यो संकट क्रिमियामा रुसी आक्रमण र पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुस समर्थकको कब्जाको साथमा सुरु भएको बताएका छन् । यो आक्रमणमा १४ हजार मानिस मारिएका थिए । यसपछि रुसविरुद्ध प्रतिबन्ध लगाइएको थियो र पश्चिमको साथमा यसको पृथकताले बल पाएको थियो । यो सबका बीच यो बुझ्नु जरुरी छ कि रुसको लागि युक्रेन यति महत्वपूर्ण किन छ ? यसको पछाडि तीन प्रमुख कारण छन् ।
१. सेक्युरिटी जोन
भर्जिनियाको टेक युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक जेरोल्ड टल भन्छन् ‘रुसले अहिले जुन नीति अपनाइरहेको छ त्यसको कारण यो हो कि उसले आफ्नो सीमानजिक एक खतरनाक सैन्य गठबन्धनको प्लेटफर्म बनिरहेको देखेको छ । उसले युक्रेनलाई नेटोको सदस्य बन्नबाट रोक्न पूरा कोसिस गरिरहेको छ ताकि उसले नेटोका अन्य देशबाट मिसाइल र सैनिक पाउन नसकोस् ।’ जियोपोलिटिकल फ्युचर्सका जोन फ्राइडम्यानका अनुसार १८१२ मा नेपोलियनको आक्रमणको समयदेखि नै युक्रेनको क्षेत्रले रुसको लागि एक बफर जोनको रुपमा काम गरेका छन् ।
उनी भन्छन् ‘युक्रेन रुसको पश्चिमी सीमामा छ । दोस्रो विश्वयुद्धमा रुसमाथि पश्चिमबाट आक्रमण हुँदा उसले युक्रेनकै क्षेत्रबाट आफ्नो रक्षा गरेको थियो । त्यहाँबाट रुसको राजधानी मस्को १ हजार माइल अर्थात १६ सय किलोमिटर दूरीमा छ । यदि युक्रेन नेटोको हातमा गयो भने मस्को केवल ४०० माइल मात्रै पर रहनेछ । त्यसैले युक्रेन त्यो सेक्युरिटी जोन हो जसलाई रुस हर हालमा आफूसँग राख्न चाहन्छ किनकि यसले नेपोलियनपछि उसलाई बचाइरहेको छ ।’
टलका अनुसार रुसमा आफू दुश्मनहरुको एउटा गठबन्धनले घेरिएको धारणा छ जुन यो महाशक्तिको लागि चिन्ताको विषय हो । यो संकटको सुरुवातपछि रुसी उप विदेशमन्त्रीले १९६२ को मिसाइल संकटको उल्लेख गरेका थिए । पछि रुसले यो टिप्पणी पनि गरेको थियो कि उसले क्युवा र भेनेजुएलामा सैन्य बलको तैनाथी गर्न सक्छ । टल भन्छन् ‘उनीहरुले यस्तो यो कुरामा जोड दिनको लागि भनेका हुन् कि अमेरिकाको आफ्नो मुनरो डक्ट्रिन छ । उसलाई आफ्नो देशको वरिपरि शत्रु शक्तिको उपस्थितिका विषयमा चिन्ता छ त्यसैले रुसले यस्तो भन्नु जायज कुरा हो ।’
२. ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्बन्ध
१२ जुलाइ २०२१ मा युक्रेनसँगको सम्बन्धका विषयमा आफ्नो एक विस्तृत लेखमा भ्लादिमिर पुटिनले आफ्नो छिमेकी देश एक खतरनाक खेलमा परेको लेखेका थिए । उनले युक्रेन युरोप र रुसबीच बाधा बनिरहेको भनेका थिए । पुटिनले सुरक्षा र यस क्षेत्रको राजनीतिको कुरा मात्र गरेका थिएनन् उनको इशारा यहाँको ऐतिहासिक, धार्मिक र र्सास्कृतिक सम्बन्धतर्फ पनि थियो जससँग रुस र युक्रेन दुवैको सम्बन्ध छ । उनले यस विषयमा विस्तारमा लेखे । राष्ट्रपतिले यो पनि लेखेका थिए कि बेलारुस, रुस र युक्रेनका पूर्वज उक समान थिए । रुस र युक्रेनका जनता एक समान हुन् र यस विषयमा बहसको लागि उनले कैयौं ऐतिहासिक अहम कुरा लेखेका थिए ।
टलका अनुसार पुटिनको यो विचारमा इतिहास, संस्कृतिक र पहिचानका विषयमा धेरै कुरा थिए । उनका अनुसार रुसले युक्रेनलाई केवल अर्को देशको रुपमा हेर्दैन । उसको दृष्टिकोण युक्रेनलाई बहु स्लाभिक राष्ट्र मान्नु हो । साथका रुस युक्रेनलाई आफ्नो मुटु पनि मान्छ । युक्रेनका विषयमा यो रुसको निकै शक्तिशाली दृष्टिकोण हो जो उसको मूल पहिचानमा निहीत छ । उनी भन्छन् ‘जब युक्रेन एक देशको रुपमा आफ्नो पहिचान रुस विरोधीको रुपमा गर्छ त्यतिबेला रुसमा निकै तीब्र भावना उत्पन्न हुन्छन् । रुसमा यस विषयमा धेरै आक्रोश र निराशा छ, जस्तो एक भाइले विश्वासघात गर्दा उत्पन्न हुन्छ ।’
३. पुटिनको विरासत
युरोपियन काउन्सिल अफ फरेन अफेयर्सका विश्लेषक कादरी लिकले गत वर्ष एक अन्तरवार्तामा बीबीसीलाई भनेका थिए ‘युक्रेनको मुद्दामा रुसी राष्ट्रपति पुटिनका निजी भावनाहरु जोडिएका छन् । शायद यही कारण कैयौं पटक युक्रेनका विषयमा रुसी नीति तर्कसंगत लाग्दैन ।’ जेरार्ड टलका अनुसार पुटिनले कैयौं पटक युक्रेनमा रुस पक्षधर नेताहरुलाई सत्तामा ल्याउने कोसिस गरे तर उनी असफल रहे । टल भन्छन् ‘पुटिन लामो समयदेखि यो मुद्दासँग जुधिरहेका छन् र अब उनलाई लाग्छ कि यो अधुरो काम उनको विरासत बन्नेछ । त्यसैले यसलाई सधैंको लागि ठिक गर्नु जरुरी छ ।’
उनले भने ‘पुटिनका अनुसार पश्चिमी देशहरुले युक्रेनलाई एक रुस विरोधी मञ्च बनाइदिएका छन् र यो समस्याको समाधान जरुरी छ ।’ तर टल कादरी लिकजस्तै युक्रेन संकटको भावनात्मक दृष्टिले विश्लेषण गर्नु जोखिमपूर्ण मान्छन् । उनी भन्छन् ‘धेरै विशेषज्ञ यही गर्छन् । मलाई लाग्छ यो खतरनाक दृष्टिकोण हो । यो दृष्टिले सबै संकटलाई पुटिनको असन्तुष्टि र आक्रोशसम्म सीमित गरिदिन्छ । हामी पुटिनलाई पागल ठान्न थाल्छौं जसले तर्कहीन फैसला गर्छन् । मलाई लाग्छ यो एक गल्ती हो । पुटिनका भावना वास्तविक हुन् र रुसका भू राजनैतिक संस्कृतिका हिस्सा हुन् ।’







डिसी नेपाल







Facebook Comment