लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतीय सेनाका उपप्रमुख बने, २ महिनापछि सेनाप्रमुख बन्ने
काठमाडौं। लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतीय सेनाका उपप्रमुख बनेका छन् । यसअघि उपप्रमुख रहेका लेफ्टिनेन्ट जनरल सीपी मोहान्टीले सोमबार अवकाश पाएपछि नयाँ उपप्रमुख बनेका पाण्डेले मंगलबार पदभार ग्रहण गरेका छन् । नयाँ उपप्रमुख बनेका पाण्डेले यसअघि पूर्वी सैन्य कमाण्डरको रुपमा काम गरिरहेका थिए ।
पाण्डे सेनाका उपप्रमुख भएपछि कोलकातामा रहेको पूर्वी सैन्य कमाण्डको प्रमुख लेफ्टिनेन्ट जनरल आरपी कालिटा भएका छन् । डिसेम्बर १९८२ मा भारतीय सैन्य सेवामा प्रवेश गरेका पाण्डेले परम विशिष्ट सेवा पदक, अति विशिष्ट सेवा पदक, विशिष्ट सेवा पदक, चीफ अफ आर्मी स्टाफ कमेन्डेसन र २ पटक जीओसी इन सी कमेन्डेसन सम्मान पाएका छन् ।
अहिले सेनाका उपप्रमुख भएका पाण्डे २ महिनापछि भारतीय सेनाको सर्वोच्च पदमा पुग्नेछन् । अहिले भारतीय सेनाका प्रमुख रहेका जनरल एमएम नवणेले आगामी अप्रिलमा अवकाश पाउँदैछन् । सेनाको उपप्रमुख भएपछि लेफ्टिनेन्ट जनरल पाण्डेले राष्ट्रिय युद्ध स्मारकमा गएर दिवंगत सैनिकप्रति श्रद्धाञ्जली दएका छन् ।







डिसी नेपाल







Facebook Comment