मधेश प्रदेशमा कर्मचारी मात्रै होइन सचिवको दरबन्दी पनि रिक्त

डिसी नेपाल
२० माघ २०७८ १९:५९

जनकपुरधाम । मधेश प्रदेश सरकारका मातहत रहेका मन्त्रालयदेखि आयोग तथा विभन्नि संस्थाहरुमा कर्मचारीको मात्रै होइन सचिवको पनि चरम अभाव देखिएको छ ।

मधेश प्रदेश सरकारमा प्रमुख सचिवसहित १८ जना सचिवको दरबन्दी रहेकामा अहिले ७ जना सचिव मात्रै कार्यरत रहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिव हरिप्रसाद मैनाली सरुवा भएको करिब एक महिना हुन लागेको छ । तर अहिले सम्म नयाँ प्रमुख सचवि आउन सकेको छैन । मुख्यमन्त्री कार्यालयमा थप दुई जना सचिवको दरबन्दी झण्डै एक महिनादेखि रिक्त रहेको छ ।

नेपालको संविधान २०७२ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रमुख सचिव अभावको परिकल्पना गरिएको छैन । प्रदेश सरकारको सर्वोच्च कार्यकारी निकाय भनेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हो । त्यहाँबाटै नै प्रदेश सरकारले निति निर्माणदेखि बजेट परिचालनको लागि निर्णय गर्ने गर्छन । तर लामो समयदेखि प्रमुख सचिव नहुदाँ प्रदेश सरकार अनिर्णयको बन्दी बनेको छ ।

प्रमुख सचिव मैनालीको पुस २७ गते नै रबाना लिई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा गइसकेका छन् । तर उनको स्थानमा अहिलेसम्म नयाँ प्रमुख सचिव आउन सकेको छैन ।

प्रमुख सचिवको अभावमा क्याबिनेट बैठक, आर्थिक, अनुगमन, कर्मचारी सरुवा र गम्भीर प्रकृतिका विरामीलाई राहत वितरण लगायत कामकाज पूर्णरुपमा ठप्प छ । दर्ता–चलानी लगायतका समान्य काम बाहेक सबै कार्य ठप्प रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका निमित प्रमुख सचिव मेखबहादुर मगरातीले बताए ।

प्रमुख सचिव र अन्य दुई सचिवको अभावका साथै अन्य अधिकृत स्तरका कर्मचारीहरुको व्यापक अभाव छ, सचिव मगरातीले भने,‘ आर्थिक, प्रशासनिक, कर्मचारी सरुवा बढुवा तथा कार्यालयमा परेको उजुरी लगायतका विषय प्रमुख सचिवको कार्यक्षेत्र भित्र पर्छ । उहाँको अनुपस्थितमा यि कार्यहरु अन्य सचिवले गर्न सक्ने कानुन प्रवधान नै छैन ।’

त्यसैगरि, कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय स्थापना भएको झण्डै एक वर्ष हुन लागेको छ । तर स्थापना भएदेखि अहिले सम्म मन्त्रालयले सचिव पाउन सकेको छैन । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कानुन उपसचिव दिलिप प्रधानलाई निमित्त सचिवको जिम्मेवारी दिएपनि उनलाई आर्थिक कारोवारको अख्तियारी दिइसकेको छैन ।

आर्थिक कारोवारको अख्तियार नपाउदाँ ५ मंसिरमै कानुन न्याय तथा प्रदेश मामिला मन्त्रीको रुपमा शपथ लिएका प्रमोद यादव अहिले सम्म तलवसहितका कुनै सेवा सुविधा समेत पाउन सकेका छैनन । वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय मुख्यमन्त्री आफै सँग राखेका छन् । मन्त्रालयमा अहिले सम्म सचिव आउन छैनन् । आन्तरिम मामिला तथा संचार मन्त्रालयका सचिव रामकुमार महतोले थप जिम्मेवारीमा उक्त मन्त्रालय सम्हालेका हुन् ।

यसैबीच, प्रदेश सरकार स्थापना भएको ४ वर्ष भएको छ । यि चार वर्षको अवधिमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मात्रै ६ जना सचिवको सरुवा भइसकेको छ । मुख्यमन्त्री कार्यालय स्थापना भएदेखि अहिलेसम्म प्रमुख सचिवको रुपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन् । यिनीहरु मध्ये राजेश्वरमान सिंह र दीपक सुवेदी मात्रै एक वर्ष मुख्यमन्त्री कार्यालयमा बसेका छन् भने बाँकी सचिव ६ देखि ७ महिनामै सरुवा हुने गरेका छन् ।

त्यसैगरि, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पनि अहिले सम्म ६ जना सचिवको सरुवा भइसकेको छ भने ७ औ सचिव डा।नम्रता सिंह अहिले कार्यरत रहेकी छिन् । स्थापना भएदेखि अहिले सम्म विजय चन्द्र झा, डा।बंशी शर्मा, विजयचन्द्र झा, डा। गोविन्द्र प्रसाद शर्मा, डा।बिमल कुमार निर्मल, डा।सम्झना कुमारी काफ्ले पाण्डेयको सरुवा भईसकेको छ । यि मध्ये सचिव पाण्डेय मात्रै एक वर्ष बसेकी थिईन । समाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, आन्तरि मामिला तथा संचार मन्त्रालयहरुपनि पनि यि अवस्था रहेको छ । यि मन्त्रालयहरु पनि पछिल्लो४ वर्षमा अहिले ६ वटा सचिवहरुको सरुवा भइसकेको छ । यसरी एउटा सचिव औसत रुपमा बढीमा ६ देखि ७ महिना सम्म मात्रै मन्त्रालयमा बस्ने गरेको देखिन्छ ।

कर्मचारीहरुको अनुसार संघिय सरकारले नै सचिवहरुलाई सरुवा गरिदिदाँ नचाहेर पनि कतिपय सचिवहरु जानु पर्ने वाध्यता हुने गरेको छ ।

मुख्यमन्त्री कार्यालय एक हप्तादेखि प्रमुख सचिव विहीन हुँदा प्रदेश सरकारको थुपै महत्वपूर्ण कार्यक्रम प्रभावित भएको सरकारका प्रवक्त समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताउँछन् ।

यता, प्रदेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले समयमै कर्मचारी व्यवस्थापन नगरेर संघिय सरकारले प्रदेश सरकारलाई असफल बनाउन लागेको बताए । ‘सघिय सरकारको नियतमै खोट छ, प्रदेशलाई असफल बनाउन चाहन्छ । आफ्नो इच्छा अनुसार जुन सुकै वेला सचिवलाई सरुवा गरिदिन्छ, हामीसँग कुनै सन्वयन हुदैन । त्यस्तो अवस्था छ’, उनले गुनासो गरे ।

‘प्रमुख सचिव बिहीन हुँदा प्रदेश सरकारको थुप्रै कामकाज प्रभावित भएको छ । महत्वपूर्ण निर्णय गर्नुपर्ने छ । तर क्याबिनेट बैठक पनि समस्या भएको छ। ब्युरोक्रेट बिना सरकार अगाडी बढ्नै सक्दैन,’ मन्त्री साहले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *