अमेरिकी सेनाले घेराबन्दी गरेपछि आत्घाती बिस्फोट गराएर आफ्नै ज्यान लिए आईएस नेताले

डिसी नेपाल
२१ माघ २०७८ १०:२८
2.6k
Shares

दमास्कस। उत्तरी सिरियामा अमेरिकी सेनाले कारबाही गर्न खोज्दा मुस्लिम लडाकु समूह इस्लामिक स्टेट (आईएस) समूहका एक वरिष्ठ उपप्रमुखले आत्मघाती बिस्फोट गराएर आफ्नो ज्यान लिएका छन्।

सेनाको कारबाहीबाट जोगिन नसकिने सोचेर आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेसीले एउटा आत्मघाती बिस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको अमेरिकी अधिकारीले दाबी गरेका हुन्।

भिषण गोलाबारीपछि अमेरिकी सेनाले अबु इब्राहिमलाई उनी लुकेको एउटा तीन तले घरको चारैतिरबाट घेरा हालेका थिए। लगत्तै उनले आत्मघाती बिस्फोट गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *