आज प्रदेश १, मधेस, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना, रातिबाट माैसममा सुधार हुने
काठमाडाैं। देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।
दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। अरु प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ।
पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाे प्रक्षेपण छ। राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएकाे छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment