बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु

डिसी नेपाल
२२ माघ २०७८ ८:०१

प्युठान। प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाकाे ज्यान गएकाे छ। मृतक पहिचान खुल्न सकेकाे छैन। बेहुलासहित सात जना घाइते भएका छन्। जीप खाेल्सामा खसेकाे थियाे। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *