बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु

डिसी नेपाल
२२ माघ २०७८ ८:०१
44
Shares

प्युठान। प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाकाे ज्यान गएकाे छ। मृतक पहिचान खुल्न सकेकाे छैन। बेहुलासहित सात जना घाइते भएका छन्। जीप खाेल्सामा खसेकाे थियाे। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *