मधेश प्रदेशमा एक राज्यमन्त्री थपिए

डिसी नेपाल
२३ माघ २०७८ २१:२०

जनकपुरधाम । मधेश प्रदेश सरकारमा एक राज्यमन्त्री थपिएका छन् ।

एक मन्त्रालयसहित मधेश प्रदेश सरकारमा ५ मंसिरमा सहभागि नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका हुन् । नेकपा एकीकृत समाजवादीको भागमा परेको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीमा नागेन्द्र राय यादव आइतवार पद तथा गोपनियताका शपथ लिएका छन् ।

मुख्यन्त्री लालबाबु राउले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त मन्त्रालयको मन्त्री अहिले नेकपा एसका संसदीय दलका नेता सत्रुधन महतो रहेका छन् । राज्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनियताको शपथ खुवाएका थिए ।

राज्यमन्त्री भएका यादव रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को क का सासद हुन् । यो मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *