काठमाडाैं उपत्यकामा आजदेखि हट्याे सवारीसाधनकाे जाेरबिजाेर

डिसी नेपाल
२४ माघ २०७८ ६:३०
136
Shares

काठमाडौं। कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै मध्यरातिबाट निर्णय लागू भएकाे हाे।

७ माघ मध्यरातिदेखि जाेरबिजाेर लागू भएकाे थियाे। त्यसपछि १४ माघमा संशाेधन गर्दै सार्वजनिक सवारीसाधनमा जाेरबिजाेर हटाइएकाे थियाे। तर, निजी सवारीसाधनमा भने जाेरबिजाेर कायमै थियाे।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले काेराेना महामारीमा जारी स्वास्थ्य मापदण्डकाे पालना गर्नेगरी जाेरबिजाेर हटाइएकाे बताए। उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *