भारतमा ९ ओटा कोभिड खोपलाई मान्यता

डिसी नेपाल
२५ माघ २०७८ ६:२५
144
Shares

नयाँ दिल्ली। भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वकृति दिएको छ।

एक मात्रा लगाए पुग्न ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो। योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ। अनुमति दिइएकामध्ये तीन ओटा भारतमा विकसित गरिएका हुन्। यसअघि सरकारले गत वर्ष ’स्पुत्निक’ भीलाई अनुमति दिएको थियो।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ। अहिलेसम्म करिव एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ । भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *