रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाद्वारा टेण्डर

डिसी नेपाल
२५ माघ २०७८ १२:५४
40
Shares

काठमाडौं। ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वन गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रसताव मागकाे सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेण्डर आह्वान गरेको हो ।

यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आह्वन गरिएको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्नुपर्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *