प्रेम प्रकट गर्न किन दिइन्छ रातै गुलाफ ?
काठमाडौं। जबजब प्रेमको कुरा आउँछ, तबतब फूललाई प्रतीकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ। कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईं आफ्नो तर्फबाट जब शुभेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ। फूल नै एउटा यस्तो पर्फेक्ट उपहार बनिदिन्छ, कुनै शब्द प्रयोग गरेर बोलिरहनु आवश्यक नै पर्दैन । फूलले भावना प्रकट गर्छ।
यही कुरा प्रेम प्रकट गर्दा दिइने रातो गुलाफको सन्दर्भमा पनि ठ्याक्कै लागू हुन्छ । रातो गुलाफ आफ्नो विशेष मानिसलाई दिइन्छ, यसले तपाईं कति नजिक हुनुहुन्छ भन्ने बुझाउँछ । रातो गुलाफ दिइसकेपछि तपाईंले ‘आई लभ यु’ भनिरहनै पर्दैन।
कहिलेकाहीँ जोडीबीच झगडा परेको छ भने पनि त्यसलाई टुंग्याउन रातो गुलाफ दिने गरिन्छ । मन परेको मानिसलाई प्रपोज गर्नुपर्दा रातो गुलाफजत्तिको उपयुक्त वस्तु अरु के नै होला र !
के तपाईंले कहिल्यै सोच्नुभएको छ, जब प्रेमको कुरा आउँछ तब किन सधैं रातो गुलाफ नै दिने गरिन्छ ? कतिपय मानिस यसलाई एउटा चलन मान्छन्, अरुले त्यसै गरेको देखेर आफूले पनि रातै गुलाफ दिएको भन्ने गर्छन् । तर सत्य कुरा के हो भने, गुलाफसँगै यसको रातो रङमा विशेष अर्थ लुकेको हुन्छ । यसले प्रेमलाई छताछुल्ल प्रकट गरिदिन्छ ।
कहिलेदेखि हुन थाल्यो रातो गुलाफको प्रयोग ?
प्रेम प्रकट गर्न रातो गुलाफ प्रयोग हुन थालेको हजारौं वर्ष भइसकेको छ । ग्रिक तथा रोमन माइथोलोजीमा गुलाफलाई प्रायः एफ्रोडाइट (प्रेम संकेत- एन्सिएन्ट ग्रिक गडेस अफ सेक्सुअल लभ एन्ड ब्युटी) मानिन्छ । यसलाई फर्टिलिटीको भगवान् पनि मानिन्छ । गुलाफलाई पनि यस्तै भावनासँग जोडेर हेर्ने गरिन्छ ।
रातो रङलाई धैर्यसँग पनि जोडेर हेर्ने गरिन्छ । प्रेम भनको प्यासन पनि त हो । यही कारण रातो गुलाफ डिप लभ एक्सपे्रस गर्न दिने गरिन्छ । यसको अर्थ तपाई सम्बन्धलाई अगाडि बढाउन चाहनुहुन्छ र कुनै विशेष कमिटमेन्ट गर्न पनि चाहनुहुन्छ । यसबाट तपाईंको आफ्नो साथीप्रति बलियो भावना रहेको कुरा प्रकट हुन पुग्छ ।
गहिरो रातो रङले गहिरो इमोसनलाई व्यक्त गर्छ । र, उज्यालो रातोले रोमान्स प्रकट गर्छ । रोज बड यदि तपाईंले कसैलाई दिनुहुन्छ भने, त्यसले तपाईंको प्रेम साँचो, निर्मल र देखावटीपनबाट टाढा रहेको बुझाउँछ ।
विवाहित जोडीले पनि प्रयोग गर्छन् रातो गुलाफ
विवाहित जोडीले जब एकअर्कालाई रातो गुलाफ दिन्छन् तब त्यहाँ केवल लभ र रोमान्स रहँदैन । त्यहाँ त दुईबीचको सम्बन्ध खुसीपूर्ण रहेको पनि जनाउँछ । यो बुझाउँछ कि, त्यो जोडीको वैवाहिक जिन्दगी धन्य रहेको र एकअर्काप्रति समर्पित तथा विशेष रहेको छ ।
१४ फेबु्रअरी नजिकै आइरहेको छ । प्रणय दिवसको नामले प्रख्यात भ्यालेन्टाइन्स डे पछिल्लो समय नेपालमा पनि खुबै प्रचलित हुन थालेको छ । र, त्यसदिन रातो गुलाफ दिएर आफ्नो माया प्रकट गर्ने चलन हामीकहाँ पनि फस्टाउन थालेको छ । नेपालमा लाखौं रुपैयाँको रातो गुलाफको कारोबार आगामी १४ तारिखका दिने हुने पक्का छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment