मधेश प्रदेश सभामा रिक्त रहेका समितिहरुको सभापति चयन

डिसी नेपाल
२५ माघ २०७८ २२:०३

जनकपुरधाम । मधेश प्रदेश सभामा लामो समदेखि रिक्त रहेका तीन वटा विषयगत समितिको सभापति चयन गरिएको छ ।

मंगलबार भएको निर्वाचनमा सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारूढ दलको तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तव र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव चयन भएका छन् ।

लेखा समितिमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामीले उम्मेदवारी दर्ता गराएका थिए भने कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीले उम्मेदवारी दर्ता गराएकी थिइन् । तर ति समितिहरुमा सत्तारुढ गठबन्धनको दुई तिहाई बहुमत रहेकोले सत्तारुढ दलकै उम्मेदवारहरु समितिमा चयन भएका हुन् ।

प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रको तर्फबाट जगतप्रसाद यादवको एकल उम्मेदवारी पारेकोले उनी सोमबार नै निर्विरोध भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *