नियमित पूजाका लागि पशुपतिनाथ मन्दिर २८ गतेदेखि खोलिने

डिसी नेपाल
२६ माघ २०७८ १९:१६
36
Shares

काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार बन्द रहेको पशुपतिनाथ मन्दिर नियमित पूजाका लागि आगामी २८ गतेदेखि खोलिने भएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *