राैतहटमा १९ वर्षीया युवतीकाे शव गहुँबारीमा फेला

डिसी नेपाल
२६ माघ २०७८ १९:३०

काठमाडौं। रौतहटको ईशनाथ नगरपालिका ९ लौतना गाउँकी युवतीको शव स्थानीय गहुवारीमा फेला परेको छ। रौतहटको ईशनाथ नगरपालिका ४ मठिया गाउँको छेउमा गहुँ खेतमा स्थानीय शेख कलामकी १९ वर्षीया छोरी चाँदनी खातुनको हत्या गरी शव फालेको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार युवती चाँदनी खातुनको मुखमा कपडा कोचेर घाँटी थिचेर हत्या गरिएको अवस्थामा गहुँ खेतमा शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनको हत्या कसले गरेको हो भन्नेबारेमा केही खुलेको छैन।

सो विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशील पाण्डेले बताए। उनका अनुसार युवतीको गत वर्ष ईशनाथ नगरपालिका ९ घिउरा गाउँका २२ वर्षीय फैयाद धुनियासित मुस्लिम परम्पराअनुसार विवाह भएको थियो।

गौना नभएकोले माइतीमा नै रहँदै आएकी खातुनलाई मंगलवार साँझ भेट्नलाई बोलाएका थिए। श्रीमानलाई भेट्न गएकी युवतीको भोलिपल्ट गहुँ खेतमा शव भेटिएको हो। पीडित परिवारले युवक फैयादलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रहरीसित आग्रह गरेको छन्। मृतक युवतीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *