मधेश प्रदेशमा जाँचबुझ आयोग गठन सम्बन्धि विद्येयक पारित

डिसी नेपाल
२६ माघ २०७८ २०:२२

जनकपुरधाम । लामो समयदेखि मधेश प्रदेश सभामा अड्किएको जाँचबुझ आयोगको गठन सम्बन्धि विद्येयक सभाबाट सर्वसहम्मतले पारित भएको छ ।

बुधवार बसेको प्रदेश सभाको वैठकले जाँच बुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पेश गरेको विधेयक माथि छलफल पश्चात सर्वसम्मतले पारित भएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

जाँचबुझ आयोगमा अदालतका पूर्व न्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धीत विषयका विज्ञ सहित अन्य बढीमा दुईजना सदस्य रहने व्यवस्था गरिएको छ । आयोगका लागि जनशक्ति र बजेटको व्यवस्थगा भने प्रदेश सरकारले गर्नेछन् ।

मधेश प्रदेशका हुने सार्वजनिक महत्वको घटना, अपराध, हत्या हिंसाको लगायतका घटनाको अनुसन्धान जाँच बुझ आयोगले गर्ने विद्येयकमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *