यौन दुर्व्यवहारबाट पीडित महिला भन्छिन्-प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आयो

डिसी नेपाल
२७ माघ २०७८ ६:५२
660
Shares

सिड्नी। स्ट्रेलियामा यौन दुव्र्यवहारबाट पीडित एक महिलाले आफूमाथि प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आएको गुनासो गरेकी छिन्।

ग्रेस टेमले सरकारले वित्तीय सहयोग गरेको संगठनका एक वरिष्ठ सदस्यको धम्कीपूर्ण फोन आएको गुनासो गरेकी हुन्। फोनमा उनलाई ती सदस्यले प्रधानमन्त्री स्कट मोरिसनबारे नकरात्मक विषय नभन्ने प्रतिबद्धता माग गरेका थिए।

यसअघि प्रधानमन्त्री मोरिसनले संसदमा यौन दुर्व्यवहारको गुनासो गर्ने पूर्व राजनीतिक कर्मचारी ब्रिटेनी हिगिन्सलगायतसँग माफी मागेका थिए । बुधबार क्यानबेरास्थित नेसनल प्रेस क्लबमा दुरुपयोग र शक्तिबारे हिगिन्स र टेम सँगसँगै थिए।

सो फोन कुराकानीबारे केही थाहा नभएको भन्दै त्यस विषयमा छानविन गर्ने सरकारले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *