गोहीले बाख्रो खाइदिएपछि गाउँलेले लिए डरलाग्दो बदला

डिसी नेपाल
२७ माघ २०७८ १०:३१
6.5k
Shares

काठमाडौं। पाकिस्तानको सिन्धमा मीरपुरखास जिल्लानजिकै गाउँलेहरुले मंगलबार विहान एक युवा गोहीको निर्मम तरिकाले हत्या गरेका छन् । गाउँलेहरुको दावीअनुसार उनीहरुको गाउँमा गोलीले एक बाख्रोमाथि आक्रमण गरेको थियो । त्यसपछि स्थानीयले बदला लिनको लागि बञ्चरोले गोहीको हत्या गरिदिए र डोरीले कसेर बाँधेर त्यसलाई अर्को गाउँमा बेच्नको लागि लिएर गए ।

पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनसँग कुरा गर्दै एक गाउँलेले भने ‘यसले हाम्रो बाख्रो मारेको थियो । हामीले यसलाई बञ्चरोले मारिदियौं ।’ एक भिडियोमा गाउँलेहरुलाई डोरीले बाँधिएको गोहीलाई अर्को गाउँतिर लिएर गइरहेको देख्न सकिन्छ । भिडियोमा डोरीले गोही समाउने व्यक्ति भनिरहेका छन् ‘यो गोही एक घर मालिकलाई दिन्छौं, बदलामा हामीले कुनै पुरस्कार पाउँछौं ।’

मीरपुरखासका एक स्थानीय पत्रकार मुहम्मद हाशम शारका अनुसार स्थानीय जनतामा वन्यजन्तुको महत्वको बारेमा कुनै जागरुकता छैन । सिंघ वन्यजीव विभागको भूमिकाको पनि आलोचना गर्दै शारले भने ‘निर्दोष जनावरको हत्याका बावजुद अधिकारीहरुले उचित कदम उठाइरहेका छैनन् ।’ उनका अनुसार मीरपुरखासमा यो एकमात्र घटना होइन । यस किसिमका घटनाहरु लगातार भइरहन्छन् ।

उनले भने ‘हामीले देखिरहन्छौं कि मानिसहरु नियमित रुपमा जनावरहरु मारिरहेका छन् र एसडब्लुडीलाई यी हत्याहरुको जानकारी छैन । केही प्रभावशाली व्यक्तिहरु वन्यजीवका शिकारीहरु र हत्याराहरुको समर्थन गरिरहेका छन् ।’ यहाँका स्थानीयका अनुसार यस क्षेत्रमा धेरै गोहीहरु थिए तर तिनीहरुले पहिले शायदै पशुहरु वा मानिसकाथि आक्रमण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *