बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइँदै, संक्रमणसँगै बाँच्ने सरकारको रणनीति

डिसी नेपाल
२७ माघ २०७८ १२:१०
284
Shares

लन्डन। कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ। प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् । कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताए।

परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ। कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरुले सावधानी दर्शाए विपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो।

सरकारको तथ्यांकअनुसार पछिल्लो मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो साताको तुलनामा ४१ दशमलब १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक संक्रमितको संख्या एक लाख थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *