‘चौथो पटक मेरो हत्या गरियो तर म अझै जीवित नै छु’
काठमाडौं। प्रख्यात लेखिका तसलिमा नसरीनको फेसबुक अकाउन्ट ‘रिमेम्बरिङ’ भएको छ । फेसबुक अकाउन्ट ‘रिमेम्बरिङ’ त्यो व्यक्तिको हुन्छ जसको मृत्यु भइसकेको हुन्छ । यही कुरालाई लिएर उनले ट्वीट गर्दै फेसबुकको आलोचना गरेकी छिन् ।
बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमाले ट्वीट गर्दै भनेकी छिन् ‘मेरो अकाउन्ट एक पटक फेरि मेमोरियलाइज्ड गरिएको छ । यस्तो चौथो पटक भएको छ जब तपाइँले मेरो हत्या गर्नुभयो । तपाइँले यस्तो गरेर के जिहादहिरुलाई खुसी पार्न खोज्दै हुनुहुन्छ ? म अहिलेसम्म मरेकी छैन । कृपया मलाई मेरो फेसबुक अकाउन्ट फिर्ता दिनुहोस् ।
OMG @Meta @facebookapp @MetaNewsroom @FacebookWatch You again memorialized my account! This is the 4th time you have killed me. Why are you making jihadis happy by declaring that I am dead? I am NOT dead yet. Please give me back my fb account. pic.twitter.com/SaoF5kEqev
— taslima nasreen (@taslimanasreen) February 10, 2022
यसअघि गत वर्ष पनि तसलिमा नसरिनको फेसबुक अकाउन्ट बन्द गरिएको थियो । उनले ट्वीट गरेर यसको जानकारी दिएकी थिइन् । त्यतिबेला तललिमाले बंगलादेशका हिन्दूमाथि त्यहाँका मुसलमानहरुले गरिरहेको अत्याचार विरुद्ध लेखेकी थिइन् । यसपछि उनको फेसबुक ७ दिनसम्म बन्द गरिएको थियो । २०१५ मा पनि तललिमाको फेसबुक बन्द गरिएको थियो । तसलिमा इस्लामिक कट्टरपन्थको विरुद्ध लेखिरहन्छिन् ।
तसलिमाले बुर्का र हिजाबका विषयमा पनि हालै कैयौं ट्वीट गरेकी थिइन् । उनले ट्वीटमा लेखेकी थिइन् ‘हालै केही मानिसहरुले भनेका छन् कि हिजाब वा बुर्का लगाउनु महिलाको रोजाइ हो । आउने समयमा यी मानिसहरुले भन्नेछन् कि ४ पत्नी राख्नु पनि महिलाको रोजाइ हो । घरेलु हिंसाको शिकार हुनु, कैयौं बच्चा जन्माउनु र सम्पत्तिमा बराबरको भाग नपाउनु पनि महिलाहरुकै रोजाइ हो ?’







डिसी नेपाल







Facebook Comment