तुलसीपुर : जुत्ताचप्पल गाेदाममा आगलागी हुँदा ५ जनाकाे मृत्यु (अपडेट)

डिसी नेपाल
२८ माघ २०७८ ८:३५

दाङ। दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलकाे गाेदाममा आगलागी हुँदा ५ जनाकाे ज्यान गएकाे छ। बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए।

चार पुरुष र एक बालिकाकाे शव फेला परेकाे उनले बताए। चार तले भवनमा आगलागी भएकाे हाे। राति लागेकाे आगाे तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीकाे आँकलन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *