तुलसीपुर : आगलागीमा मृत्यु हुने पाँचै जनाको नाम खुल्यो (अपडेट)

डिसी नेपाल
२८ माघ २०७८ ९:४६

बुटवल : दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलकाे गाेदाममा आगलागी हुँदा मृत्यु हुने ५ जनाको नाम खुलेको छ।

आगोले जलेर मृत्यु हुनेमा अन्दाजी १३ वर्षकी सजिता खातुन, १४ वर्षकी हसन बकस, १५ वर्षका मनिन बकस, ५ वर्षका आविददिन अलि र ४० वर्षका नजर दिन अलिको मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीकाे अनुमान गरेको छ।

राति लागेकाे आगाे तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *