सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

डिसी नेपाल
२८ माघ २०७८ १५:२८

सर्लाही। सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अबैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ। शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका-१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बारामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो।

लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना५५प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए।

सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्नेबित्तिकै तस्कर लागुऔषध र मोटरसाइकल छाडेर फरार भएको एसपी खनियाँको भनाइ छ । तस्करले बोरामा राखेर लैजाँदै गरेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको हो ।

बरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार बढे सगैँ दुर्व्यसनीसमेत बढेको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोवारी नियन्त्रणका लागि अभियान नै सञ्चालन भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *