जनयुद्धका सहिद परिवारलाई तीन लाख दिने मधेश प्रदेश सरकारको तयारी

डिसी नेपाल
२८ माघ २०७८ २०:०१

जनकपुरधाम । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादीको १० वर्षे जनयुद्धको क्रममा सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन लाख दिने तयारी गरेको छ ।

मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्धका सहिद तथा ज्यान गुमाएकाका परिवारजनलाई राहत दिन लागेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेका मधेशी सहिद प्रतिष्ठानले अगामी फागुन १ गते माओवादी जनयुद्धका क्रममा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई पहिलो चरणमा जनही एक लाख र दास्रो चरणमा दुई लाख गरी जम्मा तीन लाख दिने निर्णय गरिएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तथा मधेश सहिद प्रतिष्ठानका अध्यक्ष भरत साहले तत्काल पहिलो चरणमा जनही एक लाख दिने निर्णय भएको बताए । त्यसका लागि मन्त्रालयले प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेखि जनयुद्धका क्रममा सहिद भएका तथा ज्यान गुमाएका यकिन तथ्यांक पठाउन पत्राचार गरेको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अहिले सम्म सबै जिल्लाबाट जनयुद्धका सहिद तथा ज्यान गुमाएकाहरुको तथ्यांक प्राप्त हुन सकेको छैन । तर, हाम्रो अनुमान मधेश प्रदेशबाट करिब ६ सय त्यस्ता व्यक्तिहरू छन् जो जनयुद्धका क्रममा सहिद र ज्यान गुमाएका छन् ।’

मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारजनले मधेश प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवसको अवसरमा ३ लाखको दरले अनुदान दिएको थियो । त्यस्तै, जनयुद्धका सहिद भएका परिवारजनलाई मधेश सरकारले एक लाख दिने तयारी गरेको ती कर्मचारीले बताए ।

जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमको आयोजना गरी सहिद परिवारजनलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *