आइपिएल लिलामी : शिखर धवन सवा ८ करोडमा बिके, अश्विन ५ करोडमा

डिसी नेपाल
२९ माघ २०७८ १२:४४

काठमाडौं। इण्डियन प्रिमियर लिगको लिलामी सुरु भएको छ । मेगा अक्सनमा पहिलो बोली भारतीय राष्ट्रिउ टिमका ओपनर शिखर धवनका लागि लगाइएको थियो । धवन सवा ८ करोड रुपैयाँमा बिकेका छन् । उनलाई पंजाब किंग्सले किनेको छ ।

धवनको लागि बोली लगाउन दिल्ली क्यापिटल्सले सुरु गरेको थियो । त्यसपछि दिल्ली र राजस्थानबीच धवनलाई किन्नको लागि प्रतिस्पर्धा चल्यो । तर, अन्ततः पंजाब किंग्सले ८.२५ करोड मूल्यमा धवनलाई आफूसँग अनुबन्ध गर्यो ।

यस्तै भारतीय स्पिनर रविचन्द्रन अश्विन ५ करोडमा बिकेका छन् । अश्विनको लागि पनि पहिलो बोली दिल्लीले नै लगाएको थियो । दिल्लीसँग अश्विनलाई किन्नको लागि राजस्थान रोयल्सको प्रतिस्पर्धा भयो । अन्ततः राजस्थानले ५ करोडमा अश्विनलाई अनुबन्ध गरेको छ ।

यस्तै अस्ट्रेलियाका टेस्ट टिमका कप्तान प्याट कमिन्स सवा ७ करोड रुपैयाँमा बिकेका छन् । उनलाई कोलकाता नाइटराइडर्सले अनुबन्ध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *