नेपालले पायो १९३ रनको विशाल लक्ष्य

डिसी नेपाल
२९ माघ २०७८ १३:३२

काठमाडौं। ओमनमा त्रिकोणात्मक टि–२० सिरिज खेलिरहेको नेपालले आफ्नो दोस्रो खेलमा १९३ रनको विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रनको विशाल लक्ष्य बनाएको हो ।

युएइका लागि चिराग सुरीले सबैभन्दा धेरै नटहाउट ८४ रन बनाए । रोहन मुस्तफाले ४९, मुहम्मद वसीमले २२, बसिल हमिदले १७ र मोहम्मद बुटाले नटआउट १४ रन बनाए ।

नेपालका तर्फबाट कूल ८ खेलाडीले बलिङ गरेका थिए । तर, शहाब आलम, कप्तान सन्दिप लाकिछाने र आरिफ शेखले मात्र १–१ विकेट हात पारे । अन्य बलरहरु विकेटविहीन रहे । नेपालले केहीबेरमा लक्ष्य पच्छ्याउँदै ब्याटिङ थाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *