आइपिएल लिलामी : सुरेश रैना, स्टिभ स्मिथ, डेभिड मिलरलाई कसैले किनेनन्

डिसी नेपाल
२९ माघ २०७८ १४:२०

काठमाडौं। आइपिएलको मेगा अक्सन जारी छ । अक्सनमा टिमहरुले खेलाडीहरु अनुबन्ध गरिरहेका छन् । अहिलेसम्म सबैभन्दा धेरै मूल्य भारतीय ब्याटर श्रेयस अय्यरले पाएका छन् । उनलाई कोलकाता नाइटराइडर्सले सवा १२ करोडमा अनुबन्ध गरेको छ । कोलकाताले अहिलेसम्म कप्तान घोषणा नगरेकोले श्रेयसलाई कप्तान बनाइने सम्भावना उच्च छ । उनी पहिले दिल्ली क्यापिटल्सका कप्तान थिए ।

तर, जारी अक्सनमा केही ठूला नामहरु बिकेका छैनन् । भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीका निकट मानिएका सुरेश रैना बिकेनन् । उनी आइपिएलको सुरुवातदेखि नै धोनीको साथमा चेन्नइ सुपरकिंग्सबाट खेल्दै आएका थिए । यस्तै अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ, दक्षिण अफ्रिकाका विष्फोटक ब्याटर डेभिड मिलर पनि बिकेनन् ।

अहिलेसम्म चेन्नइ सुपरकिंग्सले ड्वेन ब्राभोलाई ४.४० करोड र रबिन उथप्पालाई २ करोडमा किनेको छ । दिल्ली क्यापिटल्सले डेभिड वार्नरलाई ६.२५ करोडमा किन्यो । यस्तै गुजरात टाइटन्सले मोहम्मद शमीलाई ६.२५ करोड र जेसन रोयलाई २ करोडमा किनेको छ । कोलकाता नाइटराइडर्सले श्रेयस अय्यरलाई १२.२५ करोड, नितिश राणलाई ८ करोड र प्याट कमिन्सलाई ७.२५ करोडमा किनेको छ ।

लखनउ सुपरजाइन्ट्सले जेसन होल्डरलाई ८.७५ करोड, क्विन्टन डिककलाई ६.२५ करोड र मनीष पाण्डेलाई ४.६० करोडमा किनेको छ । यस्तै पंजाब किंग्सले कागिसो रबाडालाई ९.२५ करोड र शिखर धवनलाई ८.२५ करोडमा किनेको छ । राजस्थान रोयल्सले शिमरोन हेटमेयरलाई ८.५० करोड, ट्रेन्ट बोल्टलाई ८ करोड, देवदत्त पडिक्कललाई ७.७५ करोड र रविचन्द्रन अश्विनलाई ५ करोडमा किनेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले हर्षल पटेललाई १०.७५ करोड र फाफ डु प्लेसिसलाई ७ करोडमा किनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *