आइपिएल लिलामीमा हसरंगाको मूल्य आकाशिँदै गर्दा लिलामी गराइरहेका एड्मेड्स बेहोस

डिसी नेपाल
२९ माघ २०७८ १४:३५

काठमाडौं। आइपिएलको लिलामी भइरहेका ड्यु एड्मेड्स बेहोस भएर ढलेका छन् । उनी बेहोस भएर ढलेसँगै लिलामी केही समयको लागि रोकिएको छ । उनलाई के भएको हो भन्ने स्पष्ट छैन ।

उनी बेहोस हुने बेला श्रीलंकाका अलराउण्डर वानिन्दु हसरंगाको लागि बोली लागिरहेको थियो । हसरंगाको बोली आकाशिँदै गएर १० करोड ७५ लाख पुगेका बेला उनी बेहोस भएर ढलेका हुन् । उनको अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

वानिन्दु हसरंगा गएको टि–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी थिए । उनले विश्वकपमा सबैभन्दा धेरै १६ विकेट लिएका थिए । साथमा उनले ५ इनिङमा ११९ रनको पनि योगदान दिएका थिए । उनको उच्च स्कोर ७१ रन थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *