आइपीएल लिलामीमा यसपटक किन गइनन् प्रिती जिन्टा ?

डिसी नेपाल
२९ माघ २०७८ १५:०८

काठमाडौं। बैंगलुरुमा भइरहेको आइपिएल लिलामीमा पंजाब किंग्सकी सहमालिक प्रिती जिन्टा यस पटक देखिइनन् । हालै आमा बनेकी प्रितीले सामाजिक संजालमार्फत आफू लिलामीमा नजाने बताएकी छिन् । उनले यो समयमा आफ्ना साना बच्चालाई एक्लै छोड्न नचाहेकोले लिलामीमा जान नसकेको बताएकी छिन् ।

प्रितीले आइपिएल अक्सनको पुरानो फोटो शेयर गर्दै लेखेकी छिन् ‘यस वर्ष म आइपिएल लिलामीमा भाग लिन पाउने छैन किनकि म आफ्ना साना बच्चालाई छोडेर इण्डिया आउन सक्दिन । विगत केही दिनदेखि म र हाम्रो टिम एकसाथ लिलामी र क्रिकेटका सबै कुराहरुमा चर्चा गर्न व्यस्त रहेका छौं ।’ उनले साथमा फ्यानहरुसँग लिलामीमा किन्नको लागि खेलाडीको सुझाव पनि मागेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *