आइपिएल अक्सनर एडमिड्सले अब लिलामी गराउन नसक्ने, स्टेजमै बेहास भएर ढलेका थिए

डिसी नेपाल
२९ माघ २०७८ १५:३०

काठमाडौं। आइपिएल अक्सनर ह्युज एडमिड्सले आइपिएलको जारी मेगा अक्सनको अबका लिलामी गराउन नसक्ने भएका छन् । आज लिलामी भइरहेका बेला उनी अचानक बेहोस भएर स्टेजमै ढलेका थिए । श्रीलंकाका अलराउण्डर वानिन्दु हसरंगाको बोली लागिरहेका बेला उनी बेहोस भएका थिए । उनी बेहोस हुँदा हसरंगाको बोली १० करोड ७५ लाख पुगेको थियो ।

अब एडमिड्सको ठाउँमा चारु शर्माले बाँकी लिलामी गराउनेछन् । चारु शर्मा टेलिभिजन प्रस्तोता हुन् । एडमिड्स बेहोस भएपछि आइपिएलको लिलामी केही समय रोकिएको थियो । यही समयमा लञ्च पनि सकिएको छ । अब लिलामी भारतीय समयअनुसार साढे ३ बजे सुरु हुनेछ । आज लिलामीमा १६१ खेलाडीहरुको लिलामी हुने पूर्वनिर्धारित कार्यक्रम थियो । यो कार्यक्रमअनुसार नेपालका सन्दिप लामिछानेको लिलामी पनि आजै हुने सम्भावना छ । सन्दिप ११ औं सेटमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *