बिना पाइलट उड्यो ब्ल्याक हक हेलिकप्टर
काठमाडौं। अटोमेसन र वारफेयरको संसारमा अमेरिकाको सुपर मेसिन ब्ल्याक हक हेलिकप्टरले इतिहास बनाएको छ । ब्ल्याक हक हेलिकप्टर पहिलो पनि बिना पाइलट उडेको छ । यो हेलिकप्टर ५ फेब्रुअरीमा करिब ४ हजार फिटको उचाइमा ११५ देखि १२० माइल प्रतिघण्टाको गतिको उड्यो र विज्ञानको संसारमा नयाँ अध्याय जोडियो ।
यो परीक्षण उडानको लागि अमेरिकाको केन्टुकी सहरमा तयारी गरिएको थियो । कम्इुटर सिमुलेसनद्वारा एक आभासी सहर तयार गरिएको थियो जहाँ भवनहरु थिए र अन्य रोकावटहरु थिए । ब्ल्याक हकले यी अवरोधहरुबाट बचेर सफलतापूर्वक उडान पूरा गर्नु थियो । उडानको क्रममा हेलिकप्टरले बनाइएका इमेजनरी भवनहरुबाट बच्न सफलता हासिल गरेको छ ।
पाइलटरहित ब्ल्याक हकले सफलतापूर्वक परीक्षणका सबै मानक पूरा गरेको छ र सफल अवतरण गरेको छ । रक्षा षेत्रमा अमेरिकाले पाएको यो ठूलो सफलताले चीन र रुसको चिन्ता बढेको छ । अमेरिकाका यी ब्ल्याक हक हेलिकप्टरले युद्धमा निर्णायक भूमिका निभाउँछन् । यी तीब्र गतिका हेलिकप्टरलाई राडारबाट इन्टरसेप्ट गर्न पनि कठिन छ ।
कम्प्इुटरबाट संचालित गरिएको ब्ल्याक हक हेलिकप्टरको परीक्षण एलियास नामक एक अमेरिकी रक्षा अनुसन्धान कार्यक्रम अन्तर्गत गरिएको थियो । एलियासका कार्यक्रम प्रबन्धक स्टुअर्ट यंगले पपुलर साइन्ससँग कुरा गर्दै यो अनुसन्धान ३ लक्ष्यका साथ अगाडि बढाइएको बताए । पहिलो सुरक्षा सम्बन्धी थियो । दोस्रो कहीँ दुर्घटना वा अपतकालीन स्थितिमा प्रभाव कम गर्नु र तेस्रो उडानको लागतमा कमी ल्याउनु थियो ।







डिसी नेपाल







Facebook Comment