इशान किशन बने यो आइपिएल लिलामीमा अहिलेसम्मका सबैभन्दा महंगा खेलाडी

डिसी नेपाल
२९ माघ २०७८ १६:५२

काठमाडौं। भारतीय विकेटकिपर ब्याटर इशान किशन जारी आइपिएल मेगा अक्सनमा अहिलेसम्म बिकेका खेलाडीमध्ये सबैभन्दा महंगा खेलाडी भएका छन् । उनलाई मुम्बइ इण्डियन्सले १५ करोड २५ लाखमा किनेको छ । मुम्बइ सुरुदेखि नै उनलाई किन्न बढाबढमा अगाडि बढिरहेको थियो ।

मुम्बइको प्रतिस्पर्धा अन्तिमसम्म सनराइजर्स हैदराबादसँग भयो । अन्ततः मुम्बइले बाजी मारेको छ । यसअघि अहिलेको लिलामीमा सबैभन्दा महंगा खेलाडी भारतीय ब्याटर श्रेयस अय्यर थिए । श्रेयसलाई कोलकाता नाइटराइडर्सले १२ करोड २५ लाखमा किनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *