सर्लाहीमा अवैध सालको गोलिया बरामद

डिसी नेपाल
२९ माघ २०७८ १९:३३

सर्लाही । सर्लाहीको बागमतीस्थित लहरी घारीबाट लुकाई छिपाई राखेको सात थान सालको गोलिया बरामद भएको छ ।

शनिबार शव डिभिजन वन कार्यालय मूर्तियाले बागमती नगरपालिका–२, हरिवन खोला किनारबाट ४० क्यूफिट सालको गोलिया बरामद गरेको हो । सुराकीको आधारमा पुगेको वनको टोलीले लहरी घारीबाट सान थान अवैध सालको गोलिया बरामद गरेको शव डिभिजन वन कार्यालय मूर्तियाका जमदार अमर पाख्रिनले बताए ।

बरामद सालको गोलिया मूर्तिया वन कार्यालयमा ल्याएर अनुसन्धान सुरु गरेको बन कार्यालयका जमदार पाख्रिनले जानकारी दिए । सालको गोलिया तस्करको भने पहिचान हुन बाँकी रहेको बन कार्यालयले जनाएको हो । गोलिया कसले लुकाएको हो रु भन्ने विषयमा अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय लालबन्दीले उल्लेख गरेको छ ।

सरकारी मुल्य अनुसार झण्डै एक लाख ६० हजार बराबर मुल्य रहेको उक्त गोलियाको मूल्य बजारमा अझै बढी रहेको बन कार्यालयका कर्मचारीको भनाई छ ।

जिल्लाका सामुदायिक तथा साझेदारी बन क्षेत्रबाट पछिल्लो समय सालका गोलिया अत्यधिक तस्करी हुने गरेको स्थानीयको भनाई छ । जिल्लाको घुर्कौली, जानकीनगर लगायत वनक्षेत्र तस्करहरूको निसानामा पर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *