बायर्न बकहमसँग ४-२ अन्तरले पराजित

डिसी नेपाल
१ फागुन २०७८ ६:५८

काठमाडौं। जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राति भएको खेलमा बकहमसँग ४-२ अन्तरले पराजित भएको छ। भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो।

बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्किले दुई गोल फर्काए। यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११ औं स्थानमा छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *