सत्ता पक्षले प्रतिपक्षलाई जानकारीसमेत नदिइ गम्भीर कदम चाल्नु दुर्भाग्यपूर्ण : उपाध्यक्ष नेम्वाङ
काठमाडौं। सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाएपछि त्यसलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दुर्भाग्यपूर्ण भनेको छ।
आफूहरुलाई सुइँकोसमेत नदिइ प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउनु दुर्भाग्यपूर्ण भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए। ‘मैले पनि प्रधानन्यायाधीश विरुद्ध महाभियोग दर्ता भएको भर्खर थापा पाएँ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘सत्ता पक्षले हामीलाई सुइँकोसमेत नदिइ यति गम्भीर कदम चाल्नु भयो। अब हामी बैठक बसेर धारणा बनाउँछौं।’
उनले आफूहरु विशेष अभियान अन्तर्गत सातवटै प्रदेशमा कार्यक्रम लिएर जिल्ला गएको भन्दै उनले सबैलाई खबर गरेर धारणा सार्वजनिक गर्ने बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment