महोत्तरीमा एमालेको निर्वाचन लक्षित कार्यक्रम सुरु, जिल्ला अधिवेशनसम्बन्धी विवाद अझै जारी

डिसी नेपाल
१ फागुन २०७८ १८:१०

महोत्तरी । नेकपा एमाले महोत्तरीले स्थानीय तह निर्वाचनका लागि चहलपहल बढाएको छ । पार्टीको जिल्ला अधिवेशन हुन नसके पनि निर्वाचनसम्बन्धी कार्यक्रम भने सुरु गरेको छ । जिल्लामा पार्टी स्पष्ट रुपमा दुई गुटमा बिभाजन छ । चार जना केन्द्रीय सदस्यमध्ये दुई जना एक कित्तामा र दुई जना अर्को कित्तामा छन् ।

पार्टीभित्र अन्तरसंघर्ष रहे पनि चुनावी माहोल भने रफ्तारमा अगाडि बढेको युवा नेता तथा प्रदेश कमिटी सदस्य केदार बस्नेत बताउँछन् । अधिबेशनको लागि आकाङक्षीको किचलो नसकिँदै स्थानीय तहको चुनावको लागि आकाङक्षीहरूको किचलो पनि बढेको छ । सवैभन्दा बढी बर्दिबास नगरपालिकामा चुनावी गर्मागर्मी बढेको छ । हुन त सबै पार्टीहरू चुनावलक्षित कार्यक्रममा लागेता पनि नेकपा एमालेको भने दैनिक पटकसम्म बैठक बसेर चुनावी अभियानका समबन्धमा छलफल भैइरहेको स्रोतको भनाइ छ ।

बर्दिबास नगरभित्र केदार बस्नेत, टेकबहादुर बलाम्पाकी, फाल्गुन मगर, कुमार भण्डारी, चन्द्रबहादुर क्यापछाकीलगायत नेतले नगरप्रमुखको आकांक्षा देखाएको चर्चा छ ।

जिल्ला अधिवेशन (१० र ११ फागुन) नजिकिँदै गर्दा पार्टीका नेताहररुबीच भने दुरी बढेको छ । केन्द्रीय सदस्य बुधिनी देवी र पोलिटब्युरो सदस्य रामदयाल मण्डल आफूहरूले निर्वाचन गरेको कमिटी नै आधिकारिक कमिटी भएको दावी गरिरहेका छन् । तर, केन्द्रीय सदस्यद्वय टेकबहादुर र सरोज यादव भने त्यसको विरुद्धमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *