लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा, पुरुषतर्फ १३ र महिलातर्फ पाँच टिम सहभागी हुने

डिसी नेपाल
१ फागुन २०७८ २२:५९

काठमाडौ । नेपाल बास्केटबल सङ्घका अध्यक्ष स्व लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिनुभयो ।

नेपाल बास्केटबल सङ्घकै आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ टिम मात्र सहभागी हुने भएका छन् । यसअघि १४ टिम सहभागी हुने भनिएकामा बङ्गालादेशको नेभी टिम नआउने भएको आयोजकले जनाएको छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ ।

महिलातर्फ भने पाँचै टिमको सहभागिता रहनेछ । राउन्ड रविन लिगका आधारमा हुने स्पर्धामा शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि पुनःप्रतिस्पर्धा गर्नेछन् ।

पहिलो दिन तीन खेल हुनेछ । पुरुषको दुई र महिलाको एक खेल हुनेछ । उद्घाटन खेलमा पुरुषतर्फ बिएमके र कीर्तिपुर नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमै अर्को खेल ड्रिम टिम र शङ्करदेव क्याम्पसबीच हुनेछ । महिलामा ललितपुर हाइ र रोयल बास्केटबल एकेडेमीले खेल्नेछन् । फाइनल खेल यही फागुन १२ गते हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *