स्पेनिस ला लिगा : बार्सिलोना फेरि रोकियो
काठमाडौं। इन्जुरी समयमा लुक डि जङको गोलसँगै आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले हार टारेको छ। अन्तिम समयमा लुकको गोलसंगै बार्सिलोनाले स्पान्योलसंगै २-२ गोलको बराबरी खेल्दै अंक बाढेको हो।
खेलमा दुबै टोली १० खेलाडीमा सीमित भएका थिए। खेल सुरु हुनु अघिनै स्पान्योलमा म्यानुएलले रातो कार्ड सामना गरे भने इन्जुरी समयमा निकोलासले अर्को रातो कार्ड भेटे । बार्सिलोना जेरार्ड पिकेले रातो कार्डको सामना गरे।
खेलमा भ्रमणकारी टोली बार्सिलोनाले सुरुवाती अग्रता बनायो। दोस्रो मिनेटमै पेड्रीले जोर्ड अल्बाको पासमा गोल गरे। सर्जि डारडरले ४०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । राहुल थोमसले ६४औं मिनेटमा गोल गर्दा घरेलु टोली २-१ ले अगाडि बढ्यो।
तर लुकले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए। बराबरी रोकिएसँगै २३ खेलबाट ३९ अंक सहित चौथो स्थानमा छ। २४ खेलबाट २८ अंक सहित स्पान्योल १३औं स्थानमा छ।
जारी ला लिगामा ५४ अंक सहित रियल मड्रिड शीर्ष स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment