हलेसी मन्दिर प्रवेश खुला

डिसी नेपाल
२ फागुन २०७८ ११:३८
32
Shares

खोटाङ। कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै बन्द गरिएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ। कोभिड–१९ को तेस्राे लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गत ७ माघमा ताला लगाइएको थियो।

कोभिड–१९ को संक्रमण दर कम हुँदै गएपछि १ फाुगनबाट त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ। एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउने, सबैले अनिवार्य मास्क प्रयोग गर्ने, भिडभाड नगर्ने शर्तमा मन्दिर प्रवेश गर्न दिन थालिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकको निर्णयअनुसार हलेसीको गेटमा तेस्राे पल्ट ताला लगाइएको थियो। पूर्वको पशुपतिनाथका रुपमा चिनिने हलेसीमा दैनिक बिहान र बेलुका हुँदैआएको पूजालाई भने निरन्तरता दिने गरी गेटमा ताला लगाइएको थियो।

हलेसी मन्दिरको गेटमा ताला लागेको समयमा दर्शनार्थीले गेटभन्दा बाहिरबाटै दर्शन तथा पूजापाठ गरेका थिए। हलेसी मन्दिरको गेटमा लागेको ताला खुलेपछि दर्शनार्थीको आवागमन बढ्ने र व्यवसायमा सकरात्मक प्रभाव पर्नेमा होटल व्यवसायी उत्साहित छन्।

कोभिड–१९ को महामारीका क्रममा बन्द गर्नुअगाडि हलेसी गुफा कहिल्यै बन्द भएको थिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *