आज नेपाल र टेस्ट राष्ट्र आयरल्याण्ड भिड्दै

डिसी नेपाल
२ फागुन २०७८ ११:४२

काठमाडौं। ओमानमा जारी चारदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपाल र आयरल्यान्डको प्रतिस्पर्धा हुँदैछ । नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने छ।

खेल नेपाली समय अनुुसार दिउँसो ३ः४५ मा हुने तय भएको छ । नेपाल र आयरल्याण्डबीच भएको पछिल्लो खेलहरुमा आयरल्याण्ड हावी हुँदै आएको छ । पछिल्लो पटक सन् २०१९ मा भएको खेलमा आयरल्यान्डले नेपाललाई १३ रनले हराएको थियो ।

सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने युएईसंग २५ रनले पराजित भएको थियो ।

आयरल्यान्डले पनि आफ्नो पहिलो खेलमा ओमानलाई ९ विकेटले पराजित गरेको थियो ।तर दोस्रो खेलमा भने युएईसँग १३ रनको हार व्यहोरेको थियो ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *